अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो १३ दिनमा भारत तथा छिमेकी जिल्लाहरुबाट आउनेको संख्या चार हजार २ सय ८२ पुगेको छ ।
भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै मंगलबार एकैदिन १ सय १० जना जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
जिल्लाका ६ स्थानीय सरकारले हालसम्म ४ हजार ५ सय ५९ क्वारेन्टिन बेड निर्माण गरेको छ । यस्तै सन्धिखर्कको हटारीनेटामा ४५ बेडको आइसोलेसन बेड निर्माण गरिएको छ ।
पाणिनी गाउँपालिका–८ को कमला माध्यमिक विद्यालयको क्वारेन्टिनमा भारतबाट आएकामध्ये कोरोना संक्रमित २ जना पुरुषलाई उक्त आइसोलेसन बेडमा राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्