Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


विश्व शान्तिको कामना गर्दै मच्छिन्द्रनाथ मन्दिरमा दिप प्रज्वलन


0
Shares

ललितपुर । विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दिप प्रज्वलन गरिएको छ ।

न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो ।

समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिँदै गएको कोरोना महामारी निवारणको कामना गर्दै प्राथना र विश्व शान्तिको कामनासहित दिप प्रज्वलन गरिएको बताए ।

उनले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दिप प्रज्वलन गरी प्राथना गरिएको बताए ।

मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दिप प्रज्वलन गरिएको हो ।

दिप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताए ।