Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


दसैंको टिकट बुकिङ असोज पहिलो साता


208
Shares

काठमाडौं । दसैं र तिहारमा काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट असोज पहिलो सातादेखि खुल्ने भएको छ ।

मंगलबार सरोकारवाला निकायसहित यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज पहिलो साताबाट सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने प्रारम्भिक सहमति गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘उपत्यकाबाट बाहिरिने यात्रुको लागि यात्रा सहज बनाउन महासंघ प्रतिबद्ध रहेको छ । महासंघले आगामी असोज पहिलो साताबाट अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । सबै सरोकारवाला निकायले आन्तरिक तयारी गरेर मिति तय गर्नेछौं ।’

महासंघले यसका लागि सरोकारवाला निकाय सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागसँग सडकलाई स्तरोन्नती गरेर सुचारू राख्नको लागि सुझाउँदै आएको जनाएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।