Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


बन्दीपुर बजार क्षेत्र जेठ २८ गतेसम्म सिल गरिने


0
Shares

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको बन्दीपुर बजार क्षेत्र आजदेखि सिल हुने भएको छ ।

गाउँपालिकामा बसेको सर्वपक्षिय बैठकले जेठ २१ गतेदेखि २८ गतेसम्म बजार सिल गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय तनहुँमा पनि एक व्यक्तिलाई कोरोना पुष्टि भएपछि संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन बन्दीपुर प्रवेशमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

अत्यावश्यकबाहेक अन्यलाई गाउँपालिकाले बन्दीपुर प्रवेशमा रोक लगाएको हो ।

भीडका कारण जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन बन्दीपुर सिल गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । 

त्यस्तै गाउँपालिकाले पृथ्वी राजमार्गको मुख्य बजार डुम्रेमा पनि चेकजाँचमा कडाइ गरेको छ ।