
काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले आगामी संघ र प्रदेशको निर्वाचनमा महिलाहरुलाई धेरैभन्दा धेरै प्रत्यक्षतर्फ उम्मेदवारी दिलाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले यस्तो आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको संविधानले समानुपातिक, समावेशीको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने भनेको छ । संविधानको मर्म र भावनालाई ध्यानमा राखि प्रत्यक्षतर्फ अत्याधिक महिलालाई उम्मेदवारी दिन सबै राजनीतिक दलहरूलाई सम्मानित सभाको माध्यमबाट अनुरोध गर्न चाहन्छु ु
देवकोटाले डेंगु देशभर फैलिएकाले महामारी हुन नदिनका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने, किटनाशक औषधि छर्कने र सचेतना जगाउने काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्