काठमाडौं, जेठ २० । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भारतद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउने दाबी गरेका छन् ।
‘ईमेज विशेष’मा कुरा गर्दै रिमालले कूटनीतिक संवादका लागि भारतसँग अनौपचारिक कुराकानी भइरहेको जिकिर गरे ।
प्रमुख राजनीतिक सल्लाहकार रिमालले संसदमा विचारधीन ‘एमसीसी’अन्तर्गतको अमेरिकी सहयोग सम्झौता संसदबाट पारित हुने दाबी पनि गरे ।
उनले कोरोना संक्रमितहरु बढ्दै गएपनि कुनैपनि चुनौती सामना गर्न सरकार तयार रहेको र संक्रमण हराएरै छोड्ने दृढता व्यक्त गरेका छन् ।
प्रमुख राजनीतिक सल्लाहकार रिमालले ‘लकडाउन’ रहर नभइ बाध्यता भएको भन्दै सरकारले सीमानाकामा रहेको भद्रगोल नियन्त्रण गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्