१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इन्डोनेसियाको लोम्बोकमा लगातार भूकम्प, ६.३ म्याग्निच्यूडको धक्काले भागदौड


0
Shares

काठमाडौं, भदौ ३ । इन्डोनेसियाको लोम्बोक टापु फेरि अर्को शक्तिशाली भूकम्पको मारमा परेको छ ।

एक हप्ताअघिका तीनओटा शक्तिशाली भूकम्पका कारण त्यहाँ ४७६ जनाको मृत्यु भएको थियो ।

आइतबारको भूकम्प ६.३ म्याग्निच्यूड मापन गरिएको छ । यसको केन्द्रविन्दु ७.९ किलोमिटरको गहिराइमा रहेको थियो ।

स्थानीय वासिन्दाले टापुको पूर्वी क्षेत्रमा कडा धक्का महसुस गरिएको र यो भूकम्पका कारण मानिसमा भागदौड मच्चिएको बताएका छन् ।

भूकम्पका कारण विभिन्न स्थानमा पहिरो गएको छ । अरु क्षतिको थप विवरण आइसकेको छैन ।

गत जुलाई २९ यता लोम्बोक टापु ६.९ म्याग्निच्यूडसम्मका कैयौं शक्तिशाली भूकम्पको कम्पनको मारमा परिसकेको छ ।

अगस्ट ५ को भूकम्पका कारण ४०० भन्दा बढीको मृत्यु भएको थियो भने ३ सय ४२ मिलियन अमेरिकी डलर बराबरको भौतिक क्षति भएको सरकारी तथ्यांक छ । (एजेन्सी)