Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


जलविद्युत् आयोजनामा काम गर्न ल्याइएका मजदुरलाई स्थानीयले गाउँ पस्न दिएनन्


0
Shares

म्याग्दी, जेठ २० । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४, नारच्याङमा निर्माणाधीन निलगिरि जलविद्युत् आयोजनामा काम गर्न विभिन्न जिल्लाबाट ल्याइएका मजदुरहरुलाई आयोजनास्थलमा प्रवेश गर्न नदिइएपछि उनीहरु सडकमै अलपत्र परेका छन् ।

सल्यान, सिन्धुपाल्चोक र नुवाकोटलगायतका जिल्लाहरुबाट ल्याइएका ३० जना मजदुरलाई स्थानीयले गाउँ प्रवेशमा रोक लगाएका हुन् ।

ठेकेदार कम्पनीले ऊर्जा मन्त्रालयको अनुमति लिएको र कोरोनाको ‘आरडीटी’ परीक्षण पनि गरिएको भन्दाभन्दै पनि स्थानीयले बाहिरबाट आउने कसैलाई पनि गाउँ प्रवेश गर्न नदिने भन्दै रोकेका हुन् ।

सडकमा अलपत्र परेका मजदुरहरु भने आक्रोसित बनेका छन् ।