Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काम चलाउ सरकारको सांसद पोस्ने विधेयक


689
Shares

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आयु बढाउने कानुन फास्ट ट्रयाकबाट अघि बढाएर सांसद पोस्ने योजनामा सरकार लागेको भन्दै सरकार र प्रतिपक्ष सांसदहरुले विरोध गरेका छन् । प्रतिनिधिसभाको कार्यका लम्याउने बन्धी विधेयक संसदको कार्यव्यवस्था परामर्श समिति बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो पास गर्नुपर्ने बताउनुभएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राप्रपा लगायत दलहरुको विरोधका बाबजुत सरकारले विधेयक अघि बढाएको हो । उक्त विधेयक शुक्रबार मात्र संसद सचिवालयमा दर्ता भएको थियो । विधेयकमा निर्वाचन भएर बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्दासम्म संसदको कार्यकाल रहने प्रस्ताव गरिएको छ । यो राष्ट्रहितमा नभएको सत्ता पक्ष तथा प्रतिपक्षका सांसदहरुले नै बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो विधेयक ल्याउन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले चुनावको मिति घोषण गरेपछि नै सांसदहरु काम चलाउ हुने भएकाले उनीहरुले सेवा सुविधा त्यागेर चुनावमा जानुपर्नेमा संसदको म्याद थप्नु गैर लोकतान्त्रिक हो ।’ तर काम चलाउ भइसकेको चुनावी सरकारले विधेयक ल्याएर सांसदहरुको म्याद थप्दा आर्थिक भार बढ्ने महरले बताउनुभयो । सरकारले विधेयक परिपक्क हुन चाहिने ५ दिनलाई एक दिनमा झार्ने र संशोधन प्रस्ताव हाल्ने समय ७२ घण्टालाई २४ घन्टामा झार्ने सरकारको प्रस्ताव छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।