Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


रुकुम घटनाविरुद्ध चितवनमा प्रदर्शन


0
Shares

चितवन, जेठ १९ । रुकुम पश्चिममा अन्तर जातीय विवाहको विषयमा ५ जनाको हत्या र १ जना बेपत्ता भएको घटनाविरुद्ध चितवनमा जारी प्रदर्शन रोकिएको छैन ।

सरकारले निष्पक्ष रुपमा घटनाको छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।

स्वतन्त्र युवा अमिर सुनारको नेतृत्वमा प्रदर्शन गरिएको हो । घटना भएको दिनदेखि सो समूहले कहिले र्याली त कहिले दिप प्रज्वलन गरी घटनाको निष्पक्ष छानबीनको माग गरेका छन् ।

प्रदर्शनकारीहरुले गणतान्त्रिक मुलुकमा पनि नागरिक असुरक्षित हुनु परेको भन्दै नाराबाजी गरेका थिए ।

उनीहरुले पिडीत परिवारले न्याय पाउनु पर्ने र जातीय बिभेदको अन्त्य नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।

भिडियो हेर्नोस्