Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


घर भत्किँदा चारजना घाइते, चट्याङले अस्पतालमा क्षति


0
Shares

लहान, जेठ १९ । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते भएका छन् ।

वर्षासँगै चलेको हावाहुरीले घर भत्किँदा स्थानीय बुधावा सदायको ४५ वर्षीया श्रीमती फुनियाँदेवी,  १४ वर्षीया छोरी, ११ र आठ वर्षीय दुई छोरा घाइते भएको  वडाध्यक्ष नागेश्वर गोइतले जानकारी दिए । चारैजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

ती परिवारलाई तत्काल बस्ने, खाने व्यवस्था मिलाउने कार्य भइरहेको उनले बताए । यस्तै वर्षासँगै सोमबार परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा करिब १० लाखभन्दा बढीको क्षति भएको छ ।

अस्पतालको छतमा रहेको सिसी क्यामेरा र इन्टरनेट वाइफाइको राउटर जल्नाका साथै चार थान कम्प्युटर, इन्भटर तथा एक्सरे मेसिनमा क्षति पुगेको अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले जानकारी दिए । अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको उनले बताए । रासस