Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


रुकुम घटनाका दोषीमाथि कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन


0
Shares

काठमाडौं, जेठ १९ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल दलित संघ काठमाडौं जिल्ला कार्यसमितिले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार प्रदर्शन गरेको हो ।

जातीय छुवाछूतकै कारण घटना भएकोले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको संघका काठमाडौं जिल्ला अध्यक्ष गंगा सुनारले बताए ।

सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी पनि उनले दिए ।

संघले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ ।

प्रदर्शनमा सहभागीहरुले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन् ।

रुकुम घटनामा जाजरकोटका नवराज विकसहित पाँचजनाको मृत्यु भएको छ । एकजना अझै बेपत्ता रहेका छन् ।