Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


रुकुम घटनाको संसदीय समितिमार्फत् छानबिन गर्न कांग्रेस सांसद विश्वकर्माको माग


0
Shares

काठमाडौं, जेठ १९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघलेसमेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदीय समितिबाट छानबिन गर्न माग गरेको हो ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गरे ।

गम्भीर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने उनले बताए ।

पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराज विकको मृत्यु भएको थियो । उनीसँगै अन्य पाँचजना साथीको पनि मृत्यु भएको थियो ।

गाउँलेहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएको र अझैपनि एकजना बेपत्ता रहेको भन्दै सो घटनाको छानबिन गर्न कांग्रेसले माग गरेको हो ।