काठमाडौ । नेपाल व्युटिसियन संघ केन्द्रीय समितिले केन्द्रीय सरकारको श्रम मन्त्रालय र संघका सात वटै प्रदेश समितिहरुले सोमबार सम्बन्धित प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
आइतबार केन्द्रमा संघका केन्द्रीय अध्यक्ष भगवती खड्काद्धारा हस्ताक्षरित र प्रदेशमा संघका प्रदेश प्रमुखहरुले ज्ञापनपत्रमार्फत लकडाउन भरको व्युटिपार्लर व्यवसायको घरभाडा र वार्षिक करमा एक वर्षको छुट दिन सरकारसमक्ष माग गरेका छन् ।
यसैगरी व्युटिपार्लर पेशा व्यवसायलाई पुनर्जीवित गर्न सरकारले विशेष राहत प्याकेज , निर्व्याज ऋण, बैंकको किस्ता ६ महिनापछि तिर्ने गरि व्याजमा छुट गर्नु पर्ने, स्वरोजगार र अनौपचारिक क्षेत्रलाई यथाशीघ्र सामाजिक सुरक्षामा आबद्ध गराउनु पर्ने, व्युटिसियनहरुको पन्जिकरण गर्नु पर्ने र कार्ड दिई सोहि कार्डबाट राहत पाउनु पर्ने, राज्यको हरेक तहमा युनियनको प्रतिनिधित्व गराई रोजगारी सृजना र क्षमता विकासमा आबद्ध गराउनु पर्ने, स्वास्थ्य सुरक्षा सामाग्रीको उपलब्ध गराउनुकासाथै यस पेशाको संरक्षणकालागी सबै तहका सरकारले बजेटमै कार्यक्रम ल्याउन माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्