Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


अनुदानका लागि मात्र उद्योग दर्ता हुने क्रम बढ्यो


286
Shares

जुम्ला । उद्योग दर्ताको पहिलो उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना हो । बढ्दो बेरोजगारीलाई कम गर्न, आयात प्रतिस्थापन, कच्चा पदार्थको प्रशोधन तथा उत्पादन वृद्धिका लागि उद्योग कलकारखाना आवश्य छ ।

तर, जुम्लामा उद्योग निर्वाहमुखी नाफामुखी, व्यावसायिकमैत्री र उत्पादनमुखी उद्योग बढी छन् । अनुदान पचाउन उद्योग दर्ता गर्ने अनुदान सकिएसँगै उद्योग पनि बन्द गर्ने प्रवृत्तिले उत्पादन वृद्धि भएको छ भने रोजगारी सृजना पनि हुन सकेको छैन् ।

सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ९ सय ४ वटा उत्पादनमुखी वाणिज्य उद्योग दर्ता भएका छन् । त्यस्तै २०७७/२०७८ मा १ हजार ७६ वटा उद्योग एकै वर्षमा दर्ता भएका थिए ।

उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यलयका अनुसार हालसम्म जुम्लामा उत्पादनमुखीतर्फ ३ हजार ६ सय ६० र वाणिज्यतर्फ २ हजार ९ सय ६० गरी जम्मा ६ हजार ६ सय २० वटा उद्योग दर्ता भएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।