Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले पदबाट राजीनामा दिए


182
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाउनुभएको हो । उहाँ २०७४ फागुन ७ गते मधेशप्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो । आफू जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको र निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको मुख्य न्यायाधिवक्ता झाले बताउनुभयाे ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहनुभएका झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेकाे छ।

उहाँ मधेश प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा कार्यरत हुनुहुन्थ्यो ।