Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


लकडाउनको विकल्प खोज्नुपर्ने आवाज : मोडालिटी परिवर्तन गर्न सुझाव (भिडियो)


0
Shares

 -सागर महर्जन/ईमेज

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि सरकारले लकडाउनको अवधि जेठ ३२ गतेसम्म बढाएको छ ।

योजनावीहिन रुपमा लकडाउन बढाईपछि विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आउन थालेको छ ।

गत चैत ११ गतेदेखि जारी लकडाउन समाजका हरेक वर्गका लागि कष्टकर बन्दै गएको छ ।

लकडाउनले साँझ विहानको छाक नै रोकिने अवस्था आईसकेको छ । जसका कारण यसको स्वरुप परिवर्तन गर्नुपर्छ भन्ने मत बढिरहेको छ ।

उद्योगी ब्यावसायीहरुले दैनिक करोडौँको घाटा व्यहोरिरहेका छन ।

अब पनि विना योजना लकडाउनलाइ निरन्तरता दिंदा थेग्न मुश्किल हुने नेपाल उद्योग वाणिज्य महासंघका उपध्यक्ष उमेशलाल श्रेष्ठ बताउँछन् ।

गत चैतमै सम्पन्न हुनुपर्ने एसईईलगायतका परीक्षाहरु स्थगित भएका छन् ।

नयाँ शैक्षिक सत्र शुरु हुन सकेको छैन । यस्तो बेलामा भर्चुअल कक्षालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने प्याब्सनका अध्यक्ष टिकाराम पुरी धारणा राख्छन ।

उता, लकडाउन भन्दा अघिदेखि नै ओरालो लागेको मनोरञ्जन क्षेत्र उकास्न धेरै नै गाह्रो हुने देखिन्छ ।

तर लकडाउनको यो अवधिमा तल्लो र मध्य वर्गिय सर्वसाधारणलाई धेरै मर्का परेकोले लकडाउनको विकल्प खोज्नुपर्ने कलाकार श्रीकृष्ण सिम्खडाले बताउँछन् ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल कोरोना संक्रमणबाट बच्न लकडाउन आवश्यक रहेको भन्दै तर सर्वसाधारणको बाँच्न पाउने अधिकार रक्षाका लागि लकडाउनको मोडालिटी परिवर्तन गर्ने वा उचित राहत प्याकेज दिनुपर्ने बताउँछन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिने मुख्य उपाय लकडाउन नै हो ।

तर लकडाउनलाई नै निर्विल्प मानेर बस्ने हो भने अर्थतन्त्र नै ध्वस्त भएर रोगले ल्याउने भन्दा ठूलो भयावह अवस्था ल्याउने खतरा पनि उत्तिकै छ ।