१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


तीन विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने


325
Shares

काठमाडौं । विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर विमानस्थलको टर्मिनल भवन बनाउन एक अर्ब ७५ करोड रुपियाँ लागत अनुमान गरिएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार करिब नौ अर्ब रुपियाँ लगानीमा निर्माण हुने तीनवटा नयाँ टर्मिनल भवनको काम तीन वर्षभित्र सक्ने गरी योजना प्राधिकरणले बनाएको छ ।

५० वर्षभन्दा पुराना ती विमानस्थलका टर्मिनल भवन साँघुरो, पानी चुहिने, जीर्ण अवस्थामा पुगेकाले सुविधासम्पन्न टर्मिनल भवन बनाउन लागिएको उहाँले बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।