Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


आफू पार्टीमा रहुन्जेल कुनै पनि अनैतिक निर्णय हुन नदिने महामन्त्री थापाको प्रतिज्ञा


3.9k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने स्पष्ट गर्नुभएको छ ।

शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहमा उहाँले आलमलाई उम्मेदवार नबनाउने बताउनुभएको हो । उहाँले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि काँग्रेसले उम्मेदवार नबनाउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । महामन्त्री थापाले आफूहरु पार्टीमा रहुन्जेल छाती ठोकेर मैले निर्णय गरेको हुँ भन्ने हैसियत नभएका कुराहरु पार्टीबाट नहुने बताउनु भयो ।

उहाँले संविधानले वर्जित गरेको काम पार्टीबाट नहुने दावी पनि गर्नुभयो । ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा पनि हामीले कथा लेख्ने दिन आउँदैछ’ भन्ने साहित्यकार नयनराज पाण्डेको अभिव्यक्तिपछि महामन्त्री थापाले नैतिकताको कसीमा राख्दा मैले यो निर्णय गरेको हुँ भन्न नसक्ने निर्णय आफूआवद्ध हुँदासम्म पार्टीबाट नहुने दोहोर्याउनुभयो ।

महामन्त्री थापाले नियम र कानूनले मात्रै समाज नचल्ने भन्दै समाज चल्नका लागि प्रेम र करुणा पनि चाहिने उल्लेख गर्नुभयो ।