सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-१३ का एक ६८ वर्षका पुरुषको गएराति निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि गएराति नै स्थानीय स्वास्थ्य चौकीमा उपचार गराउने क्रममा उनको मृत्यु भएको हो ।
उनी यसअघि १४ दिन मेलचौर क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए । क्वारेन्टाइन बाट फर्किएको पनि १४ दिन बितिसकेको नगरपालिकाले जनाएको छ ।
उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने भएको छ । उनको शव चौतारा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेल जानकारी दिए ।
उनको कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार शव व्यवस्थापन गरिने जिल्ला कोभिड-१९ विपद व्यवस्थापन समितिले निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्