
एजेन्सी । ‘द कपिल शर्मा शो’ मा कृष्णा अभिषेक फेरी आबद्ध भएका छन् ।
उनले आफू र कपिल शर्माबीच कुनै विवाद नभएको भारतीय सञ्चार पिंकभिलालाई बताएका छन् । कपिल शर्मा चाँडै ‘द कपिल शर्मा शो’ नयाँ सिजन लिएर टिभीमा कमब्याक गर्दैछन् ।
कार्यक्रममा सपनाको भूमिकामा देखिने कृष्णा अभिषेक यस सिजनमा नदेखिने खबर आएको थियो । यी दुईबीचको सहमतिमा केही विवाद भएपनि अहिले कृष्णाले नै यस विषयमा कुरा गरेका छन् ।
कृष्णाले आफू कपिलबीच कुनै विवाद नभएको र आफू फेरि शोमा फर्किने बताएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार यसअघि कृष्णा आफैले शोको तेस्रो सिजनको हिस्सा नहुने कुरा पुष्टि गरेका थिए ।
कृष्णालाई ‘द कपिल शर्मा शो’ को तेस्रो सिजनलाई लिएर चलिरहेको विवादमा प्रश्न गरिएको थियो । कृष्णाले भने, ‘हामी एकअर्कालाई धेरै माया गर्छौं र म फेरि त्यो शोमा आउनेछु ।’
कपिल शर्मा शोको तेस्रो सिजनको नयाँ कलाकार हालै सार्वजनिक भएको छ । केही दिन अघि सोनी टिभीले शोको पहिलो प्रोमो सेयर गरेको थियो ।
जसमा कपिल अस्पतालमा देखा परेका थिए र उनको टाउकोमा ब्यान्डेज लगाइएको थियो । उनले अन्य ताराहरूलाई हास्यास्पद तरिकामा परिचय गराए । कार्यक्रममा टिभी अभिनेत्री सृष्टि रोडे पनि प्रवेश गरेकी छिन् ।
‘द कपिल शर्मा शो’ को नयाँ सिजन सेप्टेम्बर १० बाट राति ९:३० बजे सोनी टिभीमा प्रशारण हुँदैछ । सिद्धार्थ सागर, गौरव दुबे, इश्तियाक खान र श्रीकान्त मास्की जस्ता नयाँ कमेडियन कपिलको शोमा सामेल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्