२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


नागरिकता विधेयक जस्ताको त्यस्तै पास गरेर राष्ट्रपतिको अपमान गरियो : विमला पौडेल


3.991k
Shares

काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्यालले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसदबाट पास गर्नु राष्ट्र अध्यक्षलाई अपमान गरेको महशुस भएको बताउनुभयो ।

बिहीबार राष्ट्रिय सभामा पेस भएको नागरिकता विधेयक पसम्बन्धि छलफलमा बोल्दै सांसद राईले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले ठानेको बताउनुभयो ।

उहाँले राष्ट्र अध्यक्षले विधेयकमा ध्यानाकर्षण गराए नागरिकताका विषयमा अरु धेरै पक्षमा अध्ययन र पुनःविचार गर्ने भनेर विधेयक संसदमा पठाएपछि केही न केही विधेयकमा संशोधन गर्न सक्नुपर्ने बताउनुभयो । सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै फिर्ता पठाएर राम्रो नजिर नबसेको बताउनुभयो । उहाँले यो विषयलाई देशले कसरी हेर्छ मलाई थाहा नभएको भन्दै राष्ट्रपति कुर्सीको अपमान भएको दाबी गर्नुभयो ।

सांंसद राईले राष्ट्रिय सभामा जस्ताको तस्तै पेस भएको नागरिकता विधेयकमा सत्ता गठबन्धनको अहंकार र घमण्ड नै बोलेको बताउनुभयो । उहाँले विधेयक जस्ताको त्यस्तै पठाउँछु भन्ने घमण्ड दलका नेताहरुको घमण्डले गर्दा संसदहरु पनि त्यही घमण्डमा फसेको बताउनुभयो ।

सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनको निर्णय जस्तै संसदमा जस्ताको त्यस्तै पेस गर्ने विषयमा संसद गठबन्धनका नेताहरुको क्लव जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले संसदका सभामुखहरु क्लवका म्यानेजर जस्तो कुनै छलफल नगर्ने गठबन्धनले जे निर्णय ग¥यो त्यही हुने गरेको बताउनुभयो ।