दाङ, जेठ १७ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा शनिबार एक महिलाको मृत्यु भएको छ ।
प्रसूति गराउन प्रतिष्ठान गएकी घोराही उपमहानगरपालिका वडा नम्बर–११ की २९ वर्षीया मीरा भुसालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शल्यक्रिया गरी बच्चा निकालिएपछि उनको मृत्यु भएको बताइएको छ ।
भुसाल जेठ १४ गते प्रसूति सेवाका लागि प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्