Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


वर्षाले भारतबाट फर्किएका नेपालीहरुको सीमामा बिजोग


0
Shares

बिराज रोस्यारा (इमेज) 

कैलाली, जेठ १७ । ठूलो वर्षा भएसँगै कैलालीको त्रिनगर नाकामा रोकिएका नेपालीहरुले दुःख पाएका छन् ।

वर्षाबाट बच्नका लागि ओत लाग्ने ठाउँसमेत नहुँदा उनीहरु थप समस्यामा परेका हुन् ।

भारतका विभिन्न स्थानहरुबाट आएका नेपालीहरुलाई पानीले भिजाउनुका साथै बस्ने ठाउँमा समेत हिलो भएको छ । हिलो र झरीका कारण खानपिन व्यवस्थापनमा समस्या हुन थालेको छ ।

शनिबार पनि पानीमा रुझ्दै साढे ५०० नेपालीहरु आइपुगेका छन् ।

यही जेठ २ गतेदेखि भारतका विभिन्न सहरहरुबाट आएका नेपालीहरुको उद्धारको काम सुरु गरिएको थियो ।

शनिबारसम्म झन्डै ३४ हजार नेपाली स्वदेश भित्रिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।