Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


सुदूरपश्चिममा माओवादी केन्द्र पहिलाे दल बन्दै


2.8k
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाल (माओवादी) केन्द्र पहिलाे दल बन्ने भएको छ ।

हाल प्रदेश सभामा पहिलाे दल रहेको नेकपा एकीकृत समाजवादी पार्टी (एस) का दुई जना प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलबीर चौधरी नेकपा एमाले प्रवेश गरेसँगै उनीहरू निलम्बनमा पर्ने भएका छन्। त्यसका लागि नेकपा एसबाट एमालेमा गएका प्रदेश सभा सदस्य तारा लामा तामाङ र कुलवीर चौधरीलाई नेकपा एसको संसदीय दलले कारबाहीका लागि संसद सचिवालयमा पत्र पठाउनुपर्ने छ।

१४ प्रदेश सभा सदस्यसहित पहिलाे पार्टी बनेको नेकपा एसका दुई सदस्य निलम्बनमा परेमा अब उसँग १२ प्रदेश सभा सदस्य मात्रै बाँकी रहने भएका छन् । नेकपा एसका प्रदेश सभा सदस्यको संख्या १२ जना मात्रै रहेपछि १३ प्रदेश सभा सदस्य रहेको माओवादी प्रदेशको पहिलाे दल बन्ने भएको हो ।

२०७४ सालमा सम्पन्न प्रदेश निर्वाचनमा १४ सांसद जितेको माओवादीबाट एक जना झपट बोहरा एमालेमा प्रवेश गरेसँगै १३ जना मात्रै थिए । अब नेकपा एस दोस्रो दल बन्ने भएकाे छ । ११ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेस तेस्रो र १० प्रदेश सभा सदस्य रहेको एमाले चौथो दल बनेका छन् । एक-एक जना प्रदेश सभा सदस्यको जसपा र लोसपा चौथो दल बन्ने छन् ।

५३ प्रदेश सदस्य रहेको प्रदेश सभामा थप दुई जना निलम्बन हुँदा ४७ सदस्य रहने छन् । हाल नेपाली कांग्रेसबाट डडेल्धुराका कर्ण मल्ल र माओवादीबाट अछामका झपट बोहरा निलम्बनमा परेका छन्।