Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


नेकपा सचिबालय बैठक बस्दै, संविधान संशोधन, कोरोना महामारी र एमसीसीका विषयमा छलफल हुने


13
Shares

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज(शनिबार) बस्दै छ ।

प्रधानमन्त्री सरकारी नक्सा बालुवाटारमा बस्ने बैठकमा संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारी, एमसीसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

एमसीसीबारे विवाद उत्पन्न भएपछि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेता भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

केन्द्रीय कमिटीले दिएको म्याण्डेटअनुसार कार्यदलेल फागुनको दोस्रो साता नै प्रतिवेदन तयार पारेर बुझाएको थियो ।

सचिवालय र स्थायी कमिटीमा छलफल हुनुपर्ने भन्दै कार्यदलले प्रतिवेदन समेत सार्वजनिक गरिसकेको छ ।

कार्यदलले एमसीसीक धेरै प्रावधान नेपालको हितमा नरहेको नियौल गरिसकेको छ ।

त्यस्तै कार्यदलले एमसीसी परियोजना अमेरिकी सरकारको हिन्द प्रशान्त क्षेत्रिय रणनीति र प्रकारान्तरले सैन्य संगठनसँग नै सम्बन्धित भएको निष्कर्ष निकालेको थियो ।

सचिवालय बैठक बस्नुअघि शुक्रबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झण्डै डेढ घण्टा बालुवाटारमा भेटवार्ता भएको थियो ।

भेटमा बिहीबार प्रस्तुत गरेको आर्थिक वर्षको बजेट, संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारीलगायत विषयमा छलफल भएको बताइएको छ ।