
काठमाडौं, जेठ १६ । विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार नाघेको छ ।
५९ लाख ३७ हजार संक्रमित मध्ये लाख २६ लाख ५ हजार उपचार पछि निको भएका छन् ।
पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ ।
संक्रमितको संख्या १७ लाख ६८ हजार रहेको छ । बेलायतमा २ लाख ६९ हजार संक्रमित मध्ये ६९ हजार ८ सय बढीको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३१ हजार ७ सय संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ८६ हजार २ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ६ सय नाघेको छ ।
यस्तै स्पेनमा २ लाख ८४ हजार ९ सय बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ ।
ब्राजिलमा ४ लाख ३८ हजार ८ सय बढी संक्रमित हुंदा करिब २७ हजारको मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ८२ हजार बढी संक्रमित र ८ हजार ५ सयको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ९ सय ९२ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ ।
रसियामा ३ लाख ७९ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ ।
यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्दा ४ हजार ७ सय बढीको मृत्यु भएको छ ।
पाकिस्तानमा हालसम्म ६१ हजार २ सय बढी संक्रमितमा १ हजार २ सयको मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्