बाँके, जेठ १६ । पश्चिम रुकुमको सोतीमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै नेपालगञ्जमा प्रदर्शन गरिएको छ ।
संयुक्त दलित संघर्ष समिति, बाँकेले पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा नवराज विकलगायत ६ जनाको हत्याका दोषीहरुलाई तुरुन्त कारबाही माग गर्दै प्रदर्शन गरेको हो ।
स्थानीय प्रशासनको निषेधाज्ञा जारी रहेको बलोमा बाँकेको धम्बोझीचोक देखि शुरु भएको प्रदर्शन वीपीचोक, गणेशमानचोक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
यता, ताप्लेजुङका दलित अगुवा तथा दलित अधिकारकर्मीले पनि घटनाका दोषिमाथि कारबाही माग गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्