रोल्पा, जेठ १६ । रोल्पामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान पौने १० बजे परेको चट्याङले घरमै बसिरहेको त्रिबेणी गाउँपालिका गैरिगाउँकी ७७ वर्षिया बिर्मा बाँठा र २४ वर्षिय आशा बुढाको ज्यान गएको हो ।
चट्याङका कारण गम्भिर घाइते भएका दुबै जनाको रोल्पा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
चट्याङ लागेर एक जना घाईते भएका छन् उनको उपचार भैरहेको छ ।








प्रतिक्रिया दिनुहोस्