१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


कोफी अन्नानको निधनमा विश्वभरका नेताहरुले दिए श्रद्धाञ्जली


0
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको निधनमा विश्वभरका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नोबल पुरस्कार विजेतासमेत रहेका अन्नानको ८० वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नानको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले पनि उनको निधनमा शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

यसैगरी संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरसले अन्नानलाई राम्रो विश्वका लागि एक जना मार्गदर्शक भनी स्मरण गरेका छन् । 

त्यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्नानलाई उल्लेखनीय व्यक्ति भनी व्याख्या गरेका छन् ।

उनले रुसीहरूको हृदयमा अन्नानको सम्झना सदैव बाँच्ने बताएका छन् ।

यसैगरी अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अन्नानले सधैं राम्रो विश्व बनाउन चाहेको प्रतिक्रिया दिए ।

इरानको हमलालाई लिएर अन्नानसँग विमती राखेका बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले उनलाई सच्चा राजनेता र असल मित्र भनी टिप्पणी गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले एक महान् अफ्रिकी कूटनीतिज्ञ र मानवअधिकारवादी मात्रै नगुमाएर अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका एक विवेकीलाई पनि गुमाएको बताएका छन् ।

अन्नानले राष्ट्र संघको प्रमुखको रुपमा सन् १९९७ देखि २००६ सम्म काम गरेका थिए ।

घानाका नागरिक अन्नान उक्त पदमा पुग्ने एक मात्रै अश्वेत अफ्रिकी थिए । (एजेन्सी)