Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन


65
Shares

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो ।

७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमिति, १६५ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफारिस गर्दा कुनै प्रकारको रकम माग नगर्न–नउठाउन निर्देशन दिइएको छ ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक अन्य रकम लिने कार्य बैधानिक नहुने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।