३० असार २०८२, सोमबार | Tue Jul 15 2025


भारतमा एकै दिन ७ हजार बढी कोरोना संक्रमित थपिए


0
Shares

काठमाडौं, जेठ १६ । भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै ठूलो संख्या हो । पश्चिम बंगालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार ५ सय बढी संक्रमित पुष्टि भएका छन् भने हालसम्म २ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि भारतमा चीनको भन्दा धेरै छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट ४ हजार ७ सय ६ को मृत्यु भइसकेको छ भने चीनमा यो संख्या ४ हजार ६ सय ३८ छ ।

भारतमा अहिलेसम्म एक लाख ६५ हजार ७ सय ९९ संक्रमित पुष्टि भएका छन् ।

यसैबीच पश्चिम बंगालको दमकल मन्त्री सुजित बोस र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी क्वारेन्टाइन स्थल र आइसोलेशन वार्डको बन्दोबस्तीमा खटिंदै आउनु भएको थियो ।

मन्त्री बोस पछिल्लो समय चक्रवात प्रभावितहरुलाई राहत वितरण गर्ने कार्यमा पनि खटिनु भएको थियो । (एजेन्सी)