चितवन, जेठ १६ । रुकुम पश्चिममा अन्तरजातीय विवाहको विषयमा चारजनाको हत्या र दुईजना बेपत्ता भएको घटनाविरुद्ध चितवनमा प्रदर्शन भएको छ ।
सरकारले निष्पक्षरुपमा घटनाको छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग गर्दै शुक्रबार प्रदर्शन गरिएको हो ।
स्वतन्त्र युवा अमिर सुनारको नेतृत्वमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरुले गणतान्त्रिक मुलुकमा पनि नागरिक असुरक्षित हुनुपरेको भन्दै नाराबाजी गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्