Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


ग्रामीण क्षेत्रमा लघुबिमा आवश्यक


26
Shares

काठमाडौं । बिमा कम्पनीको मर्जरमा जोड दिएको बिमा समितिले लघुबिमा कम्पनीका लागि आवेदन खोलेको भन्दै विवाद बढेका बेला बिमाको पहुँच विस्तार हुन नसकेका कारण लघुबिमा कम्पनीको आवश्यकता रहेको प्रष्टीकरण दिएको छ ।

सरकारले गत आर्थिक वर्षको बजेटमा कुल बिमाको दायरामा रहेको जनसंख्यामा लघुबिमाको हिस्सा १० प्रतिशत पुर्‍याउनुपर्ने लक्ष्य राखेको भए पनि लक्ष्य पूरा हुन नसकेको सोमबार समितिले पत्रकार सम्मेलनमा बताएको छ ।

गत आर्थिक वर्षमा भएका काम र चालू आवमा हुने नीति तथा कार्यक्रमहरू सार्वजनिक गर्दै समितिले ग्रामीण एंव दुर्गम भेगमा बसोबास गर्ने नागरिकले आफ्नो स–सानो रकमबाट आफू र आफ्नो परिवार, घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडिबुटी लगायतको बिमा गरी जोखिम बिमा कम्पनीहरूलाई हस्तान्तरणको व्यवस्था गर्नु जरूरी रहेको बताएको छ ।

यसका लागि बिमा कम्पनीहरूलाई जिल्लासमेत तोकेर निश्चित लघुबिमा गर्न समितिले पटक पटक निर्देशन दिँदै आएको भए पनि लघुबिमा अपेक्षित रूपमा बढ्न नसककेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।