१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लाग्छ : अध्यक्ष दाहाल


117
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आसन्न निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट बुधबारभित्र टुंगो लगाउने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेश समितिको कार्यक्रममा अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गर्नुभयो । १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने भन्दै अध्यक्ष दाहालले २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने बताउनुभयो । उहाँले स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले गठबन्धन अबपनि रहने की नरहने भन्ने बारेमा अहिले बहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रही रहने दाबी गर्नुभयो । उहाँले यही गठबन्धनको आधारमा प्रतिगमनलाई परास्त गर्ने अभियानलाई निरन्तर अघि बढाउने भन्दै तत्काल अर्को गठबन्धन बन्ने सम्भावना नरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप लगाउनुभयो । उहाँले माओवादी केन्द्रले नै वैवाहिक अंगीकृतलाई ७ वर्षपछि मात्रै नागरिकता दिने प्रावधान ल्याएको उल्लेख गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा ६ महिनासम्म नागरिकता विधेयक संसदमा पेस नगरेको बताउनुभयो । उहाँले संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री ओलीले नागकिरता अध्यादेश ल्याएको र अहिलेको गठबन्धन सरकारले पनि सोही विधेयक ल्याएको बताउनुभयो ।