Logo १६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026


सत्य निरुपण विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न हुँदैन: प्रदिप ज्ञवाली


299
Shares

काठमाडाैं । नेकपा (एमाले) का सांसद प्रदिपकुमार ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ ‘फाष्ट ट्रयाक’ बाट पारित गर्न नहुने बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारकाे बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको सैद्धान्तिक छलफलमा बोल्दै उहाँले सोही विधेयकलाई संसदबाट फाष्ट ट्रयाकमा पारित गर्न नहुने बताउनुभएको हो ।

यो विषय संवेदनशिल भएको उल्लेख गर्दै उहाँले प्रक्रियालाई उल्लंघन गरेमा झनै गिजोलिने बताउनुभयो । उहाँले प्रक्रियालाई अवमूल्यन नगर्न चेतावनी दिनुभयो ।