
काठमाडौं । अफ्रिकी मुलुक फिजीमा गएको ८ दशमलव २ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
प्रशान्त महासागरको मध्य भागलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घर चर्किएका छन् ।
भूकम्पले भएको मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।
प्रशान्त महासागरमा ५ सय ६० किलोमिटरको गहिराईसम्म भूकम्पको धक्का महसुस गरिएको फिजीको भूगर्भ विभागले जनाएको छ ।
यद्यपी सुनामीको खतरा भने नरहेको भूगर्भविद्हरुले स्पष्ट पारेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्