Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


चालू पूँजी अभावले समस्या पर्ने दावी

उधारो उठाउने ऐन अविलम्ब ल्याउन माग

52
Shares

काठमाडौं । निजी क्षेत्रले चालू पूँजी अभावका कारण उद्योगी समस्यामा पर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको चालू पूँजी मार्गदर्शन २०७९ का व्यवस्थाले प्रतिकूल असर पर्ने भन्दै नेपाल उद्योग वाणिज्य महासंघले ध्यानआकर्षण भएको बताएको हो ।

उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनुपर्ने भन्दै महासंघले उद्योगको प्रकृतिअनुसार फरक चालू पुँजी रकम आवश्यक पर्ने हुँदा २ कराेड भन्दा बढी चालु पूँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशतमात्र गरिनु अव्यवहारिक देखिएको बताएको छ ।

दक्षिण एसियामै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय बढी भएर चौतर्फी समस्या भोगीरहेको अवस्थामा २५ प्रतिशत कर्जा सीमाले व्यवसाय सञ्चालनन मात्र नभई उद्योगको क्षमतामा समेत गम्भीर समीक्षा गर्न केन्द्रीय बैंकलाई आग्रह गरेको छ ।

यो सामाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।