अर्घाखाँची, जेठ १५ । अर्घाखाँचीमा पछिल्लो १० दिनमा भारत तथा छिमेकी जिल्लाहरुबाट आउनेको संख्या दुई हजार ९८४ पुगेको छ ।
रोजगारीका लागि भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसँगै धमाधम गृहजिल्ला फर्किन थालेका हुन् ।
भारतका विभिन्न स्थानबाट कृष्णनगर र बेलहिया नाका हुँदै बिहीबार एकैदिन २८६ जना जिल्ला भित्रिएका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
जिल्ला भित्रिएका सबैलाई ‘क्वारेन्टाइन’मा राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्