काठमाडौं, जेठ १५ । वरिष्ठ गीतकार रत्नशम्शेर थापाको निधन भएको छ ।
उनको उपचारका क्रममा बिहीबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको भएको हो ।
८२ वर्षीय थापालाई श्वास फेर्न अप्ठ्यारो भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।
कुकुर र्डोयाउने क्रममा केही समयअगाडि थापा चिप्लिएर लडेका थिए ।
नशा च्यापिएपछि गत वर्षको माघ २८ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उनको अपरेसन गरिएको थियो ।
त्यसयता उनी घरमै आराम गरिरेका थिए । उनको शवलाई नर्भिक अस्पतालमै राखिएको छ ।
थापाको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ । यसको नतिजा नआइन्जेल शव अस्पतालमै राखिने बताइएको छ ।
थापाद्वारा रचित ‘जाग लम्क चम्क हे, ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो, घुम्तीमा नआउ है लगायतका दर्जनौं गीत लोकप्रिय छन् ।
नारायण गोपालले गाएका सुरुवाती गीतहरु थापाले नै लेख्नु भएको थियो । थापाका श्रीमती र दुई छोरा छन् ।








प्रतिक्रिया दिनुहोस्