२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


‘काठमाडौं मल’ नै अवैध निर्माण


5.655k
Shares

काठमाडौं । सुन्धारा स्थित काठमाडौं मल नक्सै पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकाले मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।

भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो ।

महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो ।

काठमाडौं मलको भवन कर्मचारी सञ्चय कोषले आफ्नो जग्गामा व्यावसायिक प्रयोजनका लागि निर्माण गरेको हो । तर, अहिले आएर नक्सा पासबिनै निर्माण गरेको खुल्न आएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।