Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


गणतन्त्रका लागि लडेका सबै शक्ति एकतावद्ध भएर विकासमा समर्पित हुनुपर्ने अध्यक्ष दाहालको भनाइ


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष दाहालले गणतन्त्रात्मक शासन व्यवस्थाले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकारसहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा गुणात्मक परिर्वतनको प्रतिनिधित्व गरेको पनि बताए ।

यस्तै कोरोना भाइरस रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनु हुने सम्पूर्णको उच्च प्रशंसा गर्दै उनले ऐतिहासिक दिवसका अवसरमा सबैको सुस्वास्थ्य र प्रगतिको कामनासमेत गरेका छन् ।