Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


निक इलेक्ट्रो टेक २०२२ मंसिरमा, स्टल बुकिङ खुल्ला


130
Shares


काठमाडौं । विद्युतीय सामग्रीहरुको प्रदर्शनी मेला निक इलेक्ट्रो टेक आगामी मंसिर तेस्रो साता हुने भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको उर्जा, इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स प्रदर्शनी एवं गोष्ठीको दसौं संस्करण ‘‘निक इलेक्ट्रो टेक २०२२” यही मंसीर २२ गते देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।

महासंघले प्रदर्शनीका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय उर्जा तथा विद्युतीय व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आव्हान गर्दै प्रदर्शनीकालागि स्टल बुकिङ पनि खुल्ला गरेको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुद्वारा उत्पादित ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्रीहरू, उर्जा उत्पादक यन्त्रहरू, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रहरू, हाउस वायरिङ सामाग्रीहरू, वायर, केबल तथा कण्डक्टरहरू, एलिडी लाइटिङ फिक्चर्स ट्यूब तथा चिमहरू रहनेछन् ।

त्यसैगरी घरेलु विद्युतीय उपकरणहरू, इलेक्ट्रोनिक उपकरणहरू, कार्यालय प्रविद्यि, बहुसञ्चार सम्बन्धी उपकरणहरू, सूचना प्रविधि, विद्युतीय सवारी साधन तथा वैकल्पीक उर्जा कम्पनीहरू पनि मेलामा सहभागी हुनसक्ने महासंघले जनाएको छ ।