Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सिन्धुलीमा चट्याङ लागेर एकजनाको मृत्यु


0
Shares

सिन्धुली, जेठ १४ । सिन्धुलीको कमलामाई–६, रातमाटामा बुधबार बिहान परेको चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

घर ढलान गर्नेक्रममा चट्याङ लागी घाइते भएका कमलाइमाई नगरपालिका– ४, देउरालीका करिब ४० वर्षीय बासु सापकोटालाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

हरेक वर्षायामको समयमा हावाहुरी र मुसलधारे वर्षासँगै चट्याङ पर्दा यहाँका स्थानीयले अकालमै ज्यान गुमाउँदै आएका छन् ।