Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दै

'सिट बाँडफाँटको खाका र संख्या टुंग्याउने प्रयास हुने'

416
Shares

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बिहीबार बस्दै छ ।

गठबन्धनका दलहरूबीच सिट बाँडफाँडबारे छलफल गर्न बिहान ९ बजेका लागि बैठक डाकिएको हो ।

बालुवाटारमा बस्ने बैठकमा सिट बाँडफाँटसहित समसामयिक विषयमा छलफल हुने छ ।

यसअघि बुधबार बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएकाले बिहीबारका लागि सारिएको हो ।

सत्तारूढ गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ । कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १ सय ६५ मध्ये सय सिट आफुलाई चाहिने दाबी गरेको छ । माओवादीले पनि ६० सिटमा दाबी गरिरहेको छ । सिट बाँडफाँटको मोडालिटीमै गठबन्धनका दलहरूबीच विवाद छ ।