Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


समाजवादी युवा संघको अध्यक्षमा हेमन्त राई चयन


728
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ सङगठन समाजवादी युवा संघ नेपालको अध्यक्षमा हेमन्त राई चयन हुनुभएको छ ।

जनकपुरमा भएको संघको प्रथम राष्ट्रिय भेला र त्यसैको संयोजनमा बसेको केन्द्रीय समितिको बैठकबाट राई अध्यक्षमा चयन हुनुभएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा संजिव कुमार यादव, निरज प्रधान र जितेन्द्र महरा चयन हुनुभएको छ । उपाध्यक्षमा असल खान, श्याम शिलपकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाहा चयन भएका छन् ।

महासचिवमा दिलिप पटेल, उप–महासचिव आतिश कुमार सिंह यादव, रंजित गोस्वामी, अशोक मण्डल, सरोज यादव र रेणु सिंह रहेका छन् ।

त्यस्तै, सचिवमा समिर नछिरिङ्ग, सलमा खातुन, स्मृति मिश्रा, श्रृजन श्रेष्ठ, अशोक यादव, ठाकुर रितु राज, विशाल यादव, दिनेश यादव, जिवन खाति चयन भएका छन् भने कोषाध्यक्षमा मनकला लिम्बु चयन हुनुभएको छ ।

संघमा २५ केन्द्रीय समिति पदाधिकारीसहित ६१ सदस्य संख्याको समिति निर्माण भएको छ ।