३० असार २०८२, सोमबार | Mon Jul 14 2025


नेपाल र चीनसँगको सीमा विवादका सम्बन्धमा मोदी सरकार पारदर्शी भएन: राहुल गान्धी


0
Shares

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले मोदी सरकारले चीन र नेपालसँगको सीमा विवादको विषयमा पारदर्शी नभएको आरोप लगाएका छन् ।

पत्रकारहरुसँगको भिडियो कन्फ्रेन्समा उनले नेपालमा के भयो कसरी भयो, लद्दाखमा के भयो सरकारले भन्नुपर्छ भने ।

नेता गान्धीले सीमा विवादका विषयमा मोदी सरकार पारदर्शी नदेखिएको आरोप लगाए ।

दुई वर्ष अघि गान्धी नेपालको बाटो हुंदै मानसरोवर यात्रामा गएका थिए ।

भारतले बैशाख २६ गते नेपाली भुमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो उद्घाटन गरेपछि दुई मुलुकबीच सीमा विवाद चर्केको छ ।

पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर लामो उक्त सडकको १९ किलोमिटर खण्ड आफ्नो भूमिमा भएपछि नेपालले विरोधस्वरुप भारतलाई प्रोटेष्ट नोट समेत पठाइसकेको छ ।

विवादकै बीच नेपालले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा पश्चिमी सीमा लिम्पियाधुरासम्म समावेश गरी नयाँ नक्सा सार्वजनिक गरेको छ ।

नेपालसंगको सीमा विवाद चर्किरहेका बेला पछिल्लो समय भारतको चीनसंग सीमा विवाद पनि तनाबपूर्ण बनेको छ ।

लद्धाख र सिक्किमको सीमावर्ती क्षेत्रमा यी दुई मुलुकबीच अहिले तनाबको अवस्था छ ।