Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


हिमाल आरोहणबाट ५३ करोड ३५ लाख राजस्व


78
Shares

काठमाडौं । यस वर्षको वसन्तयाममा करिब साढे दुई सयले सगरमाथा आरोहण गरेका छन् । ३ सय २५ जनाले आरोहण अनुमति लिएकोमा २ सय ४० जनाले आरोहण पूरा गरेको पर्यटन विभागले जनाएको छ ।

विभागका शाखा अधिकृत दीपेन्द्र रेग्मीका अनुसार आरोहण दलका सरदार, गाइड तथा सहयोगी गरी ६ सय ५८ जनाले सगरमाथा आरोहण गरेको भए पनि आराही भने २ सय ४० जनामात्रै छन् । यो सिजनको आरोहणमा ५३ देशका आरोही सहभागी थिए । आरोहीबाट सरकारलाई ४० करोड ८७ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ ।

सगरमाथा आरोहण अनुमति दिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ । नेपालीको हकमा भने प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ । सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था रहेको विभागले जनाएको छ ।

विभागका अनुसार यस सिजनमा अमेरिकाका ४९, भारतीय २१, बेलायतका २७ जना नागरिकले आरोहण गरेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।