Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


गठबन्धन बैठकसिट बाँडफाँटमा सकस : कांग्रेस एकातिर, अरु अर्कैतिर


2.9k
Shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् ।

सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र गठबन्धनमा आबद्ध अन्य दलका नेता अर्कोतिर भएर प्रस्तुत भएका छन् ।

‘हामी २०७४ को परिणाम मात्रै आधार मान्न हुन्न भन्ने पक्षमा छौं, अरू दलका नेता २०७४ लाई आधार मान्नुपर्छ भन्ने जसरी प्रस्तुत हुनुभयो,’ गठबन्धनमा आबद्ध कार्यदलमा कांग्रेसबाट प्रतिनिधित्व गरेका एक सदस्यले भने, ‘मोडालिटीबारेको छलफलको सुरुवातमा नै विभाजित मानसिकता देखियो ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।