काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई कम्पनीको वार्षिक कारोबारको ४० प्रतिशतसम्म चालू पुँजी कर्जा दिन सक्ने व्यवस्था गरेको छ ।
यसअघि केहि विषयमा विवाद आएका कारण केन्द्रीय बैंकले सरोकारवालासँग सुझाव मागेको थियो ।
सरोकारवालाको सुझाव समेट्दै केन्द्रीय बैंकले मंगलबार जारी गरेको मार्गदर्शनका अनुसार २ करोडसम्मको कर्जाको हकमा वार्षिक कारोबारको २० प्रतिशत सीमा निर्धारण गरिएको छ भने बैंकहरू आफैंले विशेष प्रकृतिको भनेर विश्लेषण गरेर ४० प्रतिशसम्म दिन सकिने व्यवस्था पनि गरेको छ ।
इजाजत पत्रप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्जन साइकल, दैनिक वस्तु बिक्रीलगायत विषयहरू हेरेर वार्षिक कारोबारको ४० प्रतिशतसम्म कर्जा दिन सक्नेछन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्